२५ असोज, काठमाडौं – लोकदोहोरी गायिका कल्पना सुनुवारले “दशैँ र तिहार” बोलको गीत भर्खरै बजारमा ल्याएकी छिन् । कोरोना भाइरस महामारीको कारण भएको लकडाउन पछि गायिका सुनुवारले पहिलो पल्ट “दशैँ र तिहार” बोलको गीत बजारमा ल्याएकी हुन् ।
“दशैँ र तिहार” बोलको गीतमा कल्पना सुनुवार र गणेश सुनुवारको स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतमा यूनिक भोजराज वि.क को लय शब्द रहेको छ । कृष्ण विकको संगीत संयोजनमा रहेको गीतलाई मिक्सिङ्ग खड्ग बाजुरालीले गरेका हुन् ।

भिडियोमा कल्पना, इन्द्र, बिक्रम, बेबो, एस.पी, शिबराम, पुनम, बाबु, कला, र युनिक भोजराजको अभिनय देख्न सकिन्छ ।  नेप्को इन्टरटेनमेन्टले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन सुमन तामाङ्ग र सम्पादन सुमन तामाङ्गले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

Leave a Reply

Your email address will not be published.