काठमाण्डौ असोज २५ – जब मान्छे बाध्यता र विवस्ताको भुमरीमा परेर खाडी मुलुकका लागि आफ्नो गन्तब्य सोच्न थाल्छ र एरपोर्टको गेट छिर्छ, त्यसपछि उस्लाई थप स्वदेशको माटोले पिरोलिरहेको हुन्छ । त्यसै कारण पनि अहिले धेरै नेपालीहरु प्रबासमा पुगेर आफ्नो देश प्रेमका निमित्त गीत संगीत मार्फत भाव छताछुल्ल पार्ने गरेको हामि पाउँदछौं । सोहि क्रममा स्थायी घर दोलखा र अहिले प्रबासमा रहेका प्रतिभावान कलाकार समिर आचार्यले पनि उस्तै भाव आफ्नो प्रस्तुति मार्फत बजारमा ल्याएका छन् ।

गायक तथा सर्जक समिरले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । यसअर्थ पनि उनले प्रबासमा रहेर नेपाली गीत संगीतको सम्बृद्धिका लागि महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको छर्लंग देखिन्छ । प्रस्तुत गीत “गाउँमा झैं शहरमा हुन्न आनन्द” बोलको रहेको छ । यस गीतमा सिर्जना श्रेष्ठ र भुवन चौलागाईंको सुमधुर स्वर रहेको छ । गीतमा लय समिर आचार्यले तयार पारेका हुन् भने शब्द महेश नेपालको रहेको छ ।

आफ्नै गाउँवस्ती र कुना कन्दराको मोह दर्साइएको गीतको म्युजिक भिडियोमा सिम्रन के सि. शिव खड्का, समुन्द्र कठायत, केदार श्रेष्ठ र  सुरज श्रेष्ठ आकर्षक अभिनय देख्न सकिन्छ । मोडल शिब खड्काले अहिले सम्म घरबार भाछैन, तिमि भन्छौ, मेचिखोलिमा, यसपालिको तीजमा, परदेशीलाई के दशैं के तिहार र गाउँमा झैँ आनन्द हुन्न शहर बोलको गीत सहित जम्मा ६ वटा गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्थायी घर दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्बर ४ रहेका उनि अहिले प्रबासमा नै एरपोर्ट ट्रान्फर कार्यालयको म्यानेजिंग डाईरेक्टरको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।

“गाउँमा झैं शहरमा हुन्न आनन्द” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् । हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलाको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया