प्रेस क्लव मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । शनिबार प्रेस क्लवको अधिवेशनको उद्घाटन सत्रमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरेलाई सम्मान गरेको हो ।

मेचीनगर पत्रकारिता पुरस्कारबाट शर्मालाई नगद रु. ११ हजार १११ र मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट नगद रु. पाँच हजार ५५५ सहित प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्मान गरेका हुन् ।

मेचीनगरलाई कार्यक्षेत्र बनाएर दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका शर्मा हाल चौतारी पोस्टका सम्पादक हुन् भने घिमिरे अनुसन्धान अनलाइन टिभीका संचालक तथा माउन्टेन टेलिभिजनका झापा संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया