काठमान्डौ असोज ११ – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा यति बेला सिता श्रेष्ठको प्रस्तुति पनि बजारमा आएको छ । “दशैँको टिका तिहारको माला” नाममा बजारमा आएको यस गीतमा देबी घर्ति र सन्तोष बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सन्तोष बि.सी ले तयार पारेका हुन् भने शब्द सिता श्रेष्ठको रहेको छ ।

बाध्यता र विवस्ताको कारण कयौं नेपालीहरु दिनप्रतिदिन परदेशिनु पर्दा र यसै पिंडा भित्र थप आफ्नो घर परिवार संग यी चाड पर्ब संगै मनाउन नपाउंदाको यथार्ततालाई यस गीतमा बुनिएको छ । निकै मर्मस्पर्सी ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियो मा ख्याती प्राप्त मोडल बिष्णु बि.सी र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गायक स्वयम् सन्तोष ले गरेका हुन् भने छायांकन सुरज खनाल र सम्पादन अनिल बिष्ट प्यूठानीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया