‘ओठमा लाली’ लिएर आईन भीमा ( भिडियो )

नव गायिका भीमा राई र चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमान्टिक भर्सनको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा दिपेश राई , भीमा राई र बिष्णु मगरको अभिनय देख्न सकिन्छ। मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा ( नियोन ) ले छायांकन तथा सम्पादन गरेका हुन्। देवान के राई र मन्जु राईको लगानी रहेको यस भिडियोलाई चक्र पुलामीको निर्देशनमा तयार पारिएको हो।
आफ्नो पहिलो प्रयास सहित बजारमा सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् गायिका राईले सम्पूर्ण संगीत प्रेमीहरुलाई आग्रह गरेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *