असोज १० काठमाण्डौ – स्थायी घर नेपाल दोलखा जिल्ला तामाकोसी गाउँपालिका ४ मालु भएका कलाकार समिर आचार्य अहिले दुबैमा रहेका छन् । जुनै पनि नेपालीहरु बाध्यता र बिवस्ताको कारण प्रबास पुग्छन् भने त्यहाँ रहंदा आफ्नो निसासिएको मनलाई केहि हल्का बनाउनको निमित्त गीत संगीतलाई अंगालेको हामि पाउँदछौं । गायक तथा सर्जक समिरले पनि दुवै रहंदा आफ्नो मनलाई हल्का बनाउनको निमित्त विभिन्न गीत संगीतहरु प्रकासनमा ल्याइरहेका छन् । उनले आफ्नो मन हल्का बनाउनका लागि मात्र होइन आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ पनि कयौं त्याग गरिरहेका छन् । यसरी अनब्रत रुपमा सांगीतिक क्षेत्र सम्बृद्धिका निमित्त भूमिका निर्वाह गरिरहँदा कुनै घुम्तीमा भेटिएका शोषकहरुले खुट्टा तानीरहंदा भने उनि दिक्क रहेका छन् । यद्धपि त्यस्ता सानातिना समस्यालाई ब्यवास्ता गर्दै आफ्नो सांगीतिक यात्रालाई समिरले निरन्तरता दिईरहेका छन् ।

सबिता तामाङ्ग र राजेश मगरको प्रस्तुतिमा बजारमा उनि संलग्न पछिल्लो गीत “परदेशीलाई के दशैँ के तिहार” बोलको बोलको रहेको छ । गीतलाई सबिता तामाङ्यगको वास्सतविक घटनामा आधारित भनिएको छ । अघि समिरले करिब १ दर्जन भन्दा बढी गीतहरुमा काम गरिसकेका छन् । साथै २ गीत बजारमा आउने तयारी पनि भैरहेको जानकारी प्राप्त भएको छ । उनि पुराना कलाकारलाई सदैब सम्मान गर्दछन् । त्यसैले पनि कुनै गीत पुराना गीतमा प्रभाबित हुँदै केहि हल्काफुल्का मिल्दोजुल्दो हुँदा यसलाई अन्यथा नसोचिदिनुहुन अनुरोध गर्दछन् ।  प्रस्तुत गीत “परदेशीलाई के दशैँ के तिहार” मा समिर आचार्य र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय आफैले तयार गरेको भए पनि रेशम थापाको बिगतको गीत संग केहि मिल्न गएकोले उहाँको सम्मान स्वरूप उनले रेशम थापा कै लय लेखेका छन् भने शब्द महेश नेपालको रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा शिब खड्का, सुनिता गिरी, सिर्जना श्रेष्ठ, बिमु श्रेष्ठ, महेश नेपाल र टिकटक भाइरल बाल कलाकार रुपम चौलागाईं र सखिरा कठाएतको पनि यस अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन महेश नेपालले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धिताल ले गरेका छन् । अहिले यस गीतलाई गायक तथा सर्जक समिर आचार्यको आफ्नै अफिसल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया