रुपा थापा अधिकारी र कमल खनाल आर्यनको सर्वोकृष्ट अभिनयमा ” ए कान्छा ” भिडियो सहित

काठमाडौं । मोडल रुपा थापा अधिकारी र कमल खनाल आर्यनको सर्वोकृष्ट अभिनयमा रहेको लोकदोहोरी भाकामा आधारित गीत ” ए कान्छा ” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका उकाली ओराली अनी अनेकौ पिडालाई भुलेर आफनो अभिनय यात्रामा अगाडि बढेकी मोडल रुपा थापा अधिकारीको गीतमा अभिनय तथा नृत्य रहेको छ ।

गायिका जमुना आचार्य र गायक गोकर्ण राना मगरको गीतमा स्वर रहेको छ ।सधै फरक खाल को काम गर्न रुचाउने रुपाले यो टप्पा गीतलाई फरक ढंगले प्रस्तुत गरेकी छिन । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ ।

“एक कान्छा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *