विद्याभूमि स्कुल (BVS+2) मा यसै शैक्षिक सत्रदेखि फेशन डिजाइनको अध्यापन सुरु हुने भएको छ । विद्यालयले यस कोर्सलाई प्रदेश नं. १ मै पहिलो पटक ल्याएको बताएको छ ।
नयाँ कोर्षको उद्घाटन गर्दै कलेजका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषय यस वर्षदेखि थप गरिएको जानकारी दिनुभयो । विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिज्म अध्ययन गराउँदै आएको विद्यालयले यस वर्षदेखि पूर्वमै पहिलो पटक फेशन डिजाइन र कुलिनरी आर्टस् र हस्पिटालिटी म्यानेजमेन्ट थपेर होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बनाइएको बताउनु भएकोछ ।

बिभिएसमा विद्यार्थीलाई पढाइका साथै व्यवहारिक शिक्षा दिने गरेको विद्यालयका प्राचार्य पराग ढुंगानाले बताउनुभयो । ढुंगानाले विद्यार्थीलाई सीपमुलक शिक्षा र रोजगारीका अवसरहरू पहिचान गरी पढाइ सकेसँगै उच्चशिक्षा र रोजगारीमा जोडन सहजीकरण गर्ने गरेको बताउनुभयो ।
व्यवस्थापन संकाय प्रमुख केशव न्यौपानेले पढाइका क्रममा आफुले युरोपमा देखेका र भोगेका सिकाइ तथा प्रविधिहरु विद्यार्थीलाई बाढ्दै रोजगारी तथा उद्यमशीलतासँग जोडनका यी कोर्ष तथा विषयहरु उपयोगी हुने बताउनुभयो । यस्तै फेशन डिजाइन प्रशिक्षक शिक्षा श्रेष्ठले यो कोर्षदे विद्यार्थीलाई उद्यमी बनाउने र नेपालको फेशन जगतमा नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले कोर्ष सकेपछि देश तथा विदेशमा रोजगारी, इन्टर्नसीप र उद्यमी हुन चाहनेका लागि पनि प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र पर्यटन अध्यापन गराइरहेको विद्यालयले विद्यार्थीका लागि अभ्यास गर्न प्रशस्त व्यवस्था गरिहेको र त्यसले विद्यार्थीमा सैद्धान्तिक भन्दा व्यवहारिक सीप विकासमा जोड दिएको होटल व्यवस्थापन संकाय प्रमुख विश्वराज पन्तले बताउनुभयो । विद्यालयका निर्देशक गुणानन्द महतोले अहिले विश्वनै कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त भएको अवस्थामा विद्यार्थीलाई सहज बनाउन फेसन डिजाइनमा पहिलो वर्षमा ४० सिटका लागि भर्ना खोलिएको उक्त विषयमा ५० प्रतिशत र अन्य सबै विषयमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो ।

श्रोत: आवर बिराटनगर

तपाईको प्रतिक्रिया