विराटनगर, २७ भदौ । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ ।

शनिबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष विराटनगर– ८ का बासिन्दा हुन । उनलाई २२ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मृतक पुरुषमा सुगर र प्रेसरको समस्या थियो । वृद्धको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ ।

श्रोत: कोशी अनलाइन

तपाईको प्रतिक्रिया