काठमान्डौँ ।

परदेशमा रहेर पनि नेपाली लोक सङ्गीत को सिर्जनामा तलिन बागलुङ जिल्ला को गल्कोट मा जन्मेर ओसाका जापान लाई कर्म भुमी बनाउदै आउनुभएका धन थापाको प्रस्तुतिमा अबको केही दिनमा अर्जुन थापाको निर्देशन,प्रकाश सपूत र केकि अधिकारीको मुख्य अभिनयमा घुमाउने घर बोलको गीत छायांकन हुने भएको छ ।

गायक यज्ञ बि क र गायिका अमृता नेपाली को आवाज रहेको रहेको अत्यन्तै मौलिक गीतको शब्द साङ्गित भने रमेश परियारले गरेका छन । सोही म्युजिक भिडियोको छायांकन सुशील डाङ्गी ,कोरियोग्राफि अमन राना र सह निर्देशन प्रीतम थापाको रहने छ । उक्त म्युजिक भिडियो धौलागिरी इन्टरटेन्मेन्ट थयगतगदभ अजबललभ िबाट बजारमा आउने कुरा व्यबस्थापक अञ्चल शाही र प्रकाश रशाईली भावुक ले बताउनु भएको छ।

सोही च्यानलका प्रवन्धक निर्देशक धन थापा ले अर्जुन थापाको निर्देशन, केकि अधिकारी र प्रकाश सपूत अभिनित म्युजिक भिडियो ले बजारमा उच्च लोक प्रीयता ल्याउने आशा र अपेक्षा व्यक्त गर्नु भएको छ र सम्पूर्ण टिम नै उत्साहित रहेको कुरा निर्देशक अर्जुन थापाले बताउनु भयो र अब चल्ने गीत नै घुमाउने घर हो गीत मन छुने खालको छ भनेर अभिनेत्री केकि अधिकारीले भन्नू भयो भने प्रकाश सपुतलाई पनि यो गीत मन परेको कुरा व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.